अदालत

न्यायाधीशहरू आन्दोलनमा, प्रधानन्यायाधीश एक्लैले थाले मुद्दाको सुनुवाइ

इकागज |
कात्तिक १०, २०७८ बुधबार १२:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- सहकर्मी न्यायाधीशहरूको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार (आज)बाट एक्लैले मुद्दाको सुनुवाइ थालेका छन् । जबराको बर्हिगमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिका लागि छलफलमा बसेपछि उनले बन्दी प्रत्यक्षीकरणसहितका मुद्दा राखेर आफ्नो एकल इजलासमा मुद्धाको सुनुवाइ थालेका हुन् । 

दुई दिनसम्म पेसी तोकेपनि आफ्नो इजलास नतोकेका जबराले राजीनामा नदिने भन्दै आजबाट इजलासमा मुद्दा आफूलाई समेत तोकेका छन् । असन्तुष्ट १५ जना न्यायाधीशहरू भने जबराको बर्हिगमन किन भन्‍ने विषयमा साझा लिखित धारणा तय गर्न तीन दिनयता छलफलमै छन् । 


सर्वोच्च अदालत एनेक्स भवनमा उनीहरू रणनीति बनाइरहेका छन् । तर जबराले भने इजलासमा सुनुवाइ थालेका हुन् । सुनुवाइ थालेपनि बहसका लागि कानुन व्यवसायीहरू भने इजलासमा पुगिसकेका छैनन् ।  एक जना कानुन व्यवसायी इजलासमा पुगेपनि प्रधानन्यायाधीश जबराले पाँच वटा निवेदनमा आदेश दिइसकेका छन् ।


Author

थप समाचार
x