अदालत

‘प्रधानन्याायधीश राणाले राजीनामा दिनुको विकल्प छैन’

इकागज |
कात्तिक १३, २०७८ शनिबार १६:५२ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्गप्रशस्त गर्दा नै राम्रो हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशको पद सम्मानित पद भएकोले उनको सहज ढंगले बहिर्गमन हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।

अहिले प्रधानन्यायाधीशको बारेमा प्रश्न उठेकोले आफूहरुले मार्गप्रशस्त गर्न भनेको उनले बताए । त्यस्तै उनले आफूहरुले न्यायालयको स्वतन्त्रता, निश्पक्षता, पारदर्शीता र जनताप्रतिको जिम्मेवारीको लागि सुरुदेखि नै धेरै विषय उठाएको जिकिर गरे । उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिँदैमा अहिलेको सबै समस्याको समाधान नहुने पनि धारणा राखे । उनले न्यायाधीश नियुक्तीको सन्दर्भमा पनि आफूहरुले ‘डे–वान’देखि कुरा उठाएको पनि बताए । 



Author

थप समाचार
x