अदालत

काउन्टर आन्दोलन अहिलेको आवश्यकता होइन : वरिष्ठ अधिवक्ता थापा

इकागज |
कात्तिक १४, २०७८ आइतबार १२:९ बजे

काठमाडौँ - वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विरोधमा कानुन व्यवसायीहरूले गरेको आन्दोलनविरुद्ध काउन्टरमा आन्दोलन गर्नेलाई चेतावनी दिएका छन् । कानुन व्यवसायीहरूले कालो पट्टी बाँधेर गरेको विरोध प्रदर्शनपछि पत्रकारसँग कुरा गर्दै थापाले कानुन व्यवसायीले गरेको आन्दोलनको काउन्टरमा आन्दोनल गर्नेु अहिलेकाे माग र आवश्‍यकता विपरित भएकाे बताएका हुन् ।

थापाले काउन्टर आन्दोलन पैसा दिएर गर्न लगाएको आरोपसमेत लगाएका छन् । उनले सर्वोच्च भन्दा ठूलो निकाय र कानुनको रक्षा गर्ने बार एशोसिएशन भएकाले यसैले न्यायालयको रक्षा गर्ने बताए । 


कानुन व्यवसायीहरुकाे विरोध चलिरहेको बेला कानुन व्यवसायी र विद्यार्थीहरुको एउटा समूह प्रधानन्यायाधीश जबराले राजीनामा दिन नहुने माग गर्दै सर्वोच्च परिसरमा पुगेको थियो ।


 


Author

थप समाचार
x