अदालत

संविधानबाट चल्ने न्यायपालिका र संस्थाहरु सबै खतरामा: पूर्व सभामुख ढुंगाना

इकागज |
कात्तिक १४, २०७८ आइतबार १४:१५ बजे

काठमाडौँ - पूर्व सभामुख दमननाथ ढुंगानाले आफू संविधान र न्यायको पक्षमा रहेको बताएका छन् । आईतबार सर्वोच्च अदालतको परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर गरेको विरोध प्रदर्शनपछि ढुंगानाले स्वतन्त्र, सक्षम न्यायपालिकाको लागि यो विरोध भएको बताएका हुन् । उनले संविधानबाट चल्ने न्यायपालिका र संस्थाहरु सबै खतरामा रहेको बताए  

पूर्व सभामुख ढुंगानाले भने, ‘हामी संविधानको पक्षमा छौँ, न्यायपालिकाको पक्षमा छौँ, स्वतन्त्र, सक्षम न्यायपालिकाको लागि हाम्रो विरोध हो, संविधानको अपेक्षा बमोजिम निर्माण गरेका संस्थाहरु चलिरहेका छैनन्, नेतृत्वमा रहेका जो छन्, तिनीहरुले यथा स्थानमा कानून र आचारसंहीता बमोजिम काम गर्न सकिरहेका छैनन्, यसबाट संविधान, संविधानले तर्जुमा गरेका, न्यायपालिका र संस्थाहरु सबै यथा स्थानमा खतरामा छन्, हामी स्वतन्त्रताको रक्षाका लागि लडेका हौँ ।’


आईतबार सर्वोच्च अदालतको परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका थिए । 


Author

थप समाचार
x