बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन आन्दोलनमा छ । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् ।
बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेट अगाडिबाटै प्रहरीले पक्राउ गरेको हो । मुलुकको न्याय प्रणाली जोगाउनका लागि भन्दै उनीहरू तालाबन्दी गर्न पुगेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया