अदालत

बारले आइतबार पनि प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिने

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार १३:५३ बजे

काठमाडौँ - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न आइतबार पनि सर्वोच्चमा धर्ना दिने जनाएको छ । 

शुक्रबार सर्वोच्चमा धर्ना दिएपछि बारमा आयोजित सभामा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि सर्वोच्चमा धर्ना दिने र सोमबार तथा मंगलबार विरोध प्रदर्शन गर्ने जानकारी दिए । उनले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताए । 


उनले सर्वोच्चले प्रहरी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उल्लेख गरे ।  श्रेष्ठले आइतबार नै आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जानकारी दिए । 

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले भ्रष्ट प्रधानन्यायाधीशको बिषयमा राजनीतिक दलहरुले बोल्ने समयमा आएको बताए । प्रधानन्यायाधीशले कुर्सी नछाडे कार्यकालभरि आन्दोलन जारी राख्ने उनले चेतावनी दिए । उनले सर्वोच्च अदालतलाई बन्ध्याकरण गर्ने काम प्रधानन्याधिशले गरेको टिप्पणी गरे ।  थापाले प्रधानन्यायाधीश जबरा हारिसकेको भन्दै थप क्षति हुनबाट जोखिन सुझाव दिए । 

वरिष्ठ अधिवक्ता हरिहर दाहालले आफुहरुको आन्दोलन न्यायलयको सुधारका लागि भएको बताए ।  प्रधानन्यायधीशको सम्मानजनक बहिर्गमन नभए पदच्यूतको बाटोमा जानुपर्ने उनले चेतावनी दिए । 


Author

थप समाचार
x