'न्यायालयको समस्यामा राजनीतिक दल चुप बसे उनीहरूविरुद्ध आन्दोलन हुन्छ'
काठमाडौँ- वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्यायालयमा देखिएको समस्याको सम्बन्धमा राजनीतिक दलका नेताहरु अब चुप लागेर बस्न नसक्ने बताए । नेताहरु मौनता तोड्न बाध्य हुने उनको भनाई छ । समस्या समाधानका दिशामा नेताहरुले आफ्नो भूमिका निर्वाह नगरे सरकारको अर्कमण्यताकोविरुद्ध पनि आन्दोलन तेर्सिने उनले बताए ।
उनले भने, ‘सम्मानजनक बर्हिगमनको बाटो भनेको उहाँले राजीनामा दिदाँ सम्मानजनक बर्हिगमन हुन्छ । अब उहाँले नै छनौट गर्ने बेला भयो, पदच्युतको बाटो अपनाउने कि सम्मानजनक बर्हिगमनको बाटो अपनाउने । त्यो उहाँले च्वाइस गर्ने कुरा हो । यदि समय बित्दै गयो भने पदच्युतको बाटोले पछ्याउँछ उहाँलाई । अब राजनीतिक दलका नेताहरु पनि चुप लागेर बस्न सक्ने छैनन् । उनीहरु पनि आफ्नो मौनता तोड्न बाध्य हुनेछन् । हाम्रो आन्दोलन जब उत्कर्षमा पुग्छ । उनीहरुले अवश्यपनि समस्या समाधानको दिशामा आफ्नो तहबाट गर्नुपर्ने कुरा यदि गरेनन् भने सरकारको अर्कमण्यताको विरुद्ध पनि यो आन्दोलन तेर्सिन्छ ।’
वरिष्ठ अधिवक्ता दाहालले प्रधानन्यायाधीशको सम्मानजनक बर्हिगमन भनेकै राजीनामा भएको उल्लेख गरे । प्रधानन्यायाधीशले राजिनामा नगरे पदच्युत हुनसक्ने उनको भनाई छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया