अदालत

न्यायालय खोल्नुपर्ने माग राख्दै अनसन बस्‍न खोज्‍ने तारा बरालको समूह पक्राउ

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार १५:४१ बजे

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराललगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ ।

भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।


उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ । बराल समूहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसरमा पनि धर्ना दिने, प्रदर्शन गर्ने गतिविधि गर्दै आएका थिए । प्रहरीले पनि उनीहरुलाई धरपकड गरेर हटाउँदै आएको छ ।


Author

थप समाचार
x