अदालत

बारको धर्ना जारी

प्रधानन्यायाधीशले तोके ९ इजलासमा १८६ मुद्दाको पेसी

इकागज |
मंसिर १, २०७८ बुधबार १०:५१ बजे

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि ९ इजलास गठन गरेका छन् । ९ इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । 

जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वाेच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन् । संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् । कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा मागिएको छ । 
 



Author

थप समाचार
x