अदालत

प्रधानन्यायाधीशले तोके नौ इजलासमा २५९ मुद्दा

कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल, दुई जना घाइते

इकागज |
मंसिर २, २०७८ बिहीबार ११:१० बजे

फाइल तस्‍बिर

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुनव्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ। बिहीबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले रोक्दा घम्साघम्सी भएको हो । बिहान साढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले रोकेको थियो । धकेलाधकेलमा दुई जना कानुन व्यवसायी घाइते भएका छन् । बारका केन्द्रीय प्रकाश महर्जन र अध्यक्ष चण्डेश्वर श्रेष्‍ठ घाइते भएका हुन् । महर्जनलाई अस्पताल लैजाने तयारी छ । 

प्रधानन्यायाधीश जबराले गठन गरे नौ इजलास


 कानुन व्यवसायीको धर्नाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि नौ इजलास गठन गरेका छन् । बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला जबराले बालुवाटारस्थित निवासबाटै नौवटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । 

आफूबाहेकका इजलास गठन गरेका जबराले उनीविरुद्ध आन्दोलन सुरु भएयता पहिलो पटक पूर्ण इजलास गठन गरेका छन् । १० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन् । 
 


Author

थप समाचार
x