अदालत

प्रधानन्यायाधीश जबरा डुब्दै गरेको घाम हुन्ः अध्यक्ष शाक्य

इकागज |
मंसिर २, २०७८ बिहीबार ११:५७ बजे

काठमाडौँ- सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई डुब्दै गरेको घामको संज्ञा दिएका छन् । प्रधानन्यायाधीशविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुको विरोध कार्यक्रमलाई सम्बाेधन गर्दै शाक्यले यस्तो बताएका हुन् । उनले आन्दोलन सशक्त भएकाले जबराले राजीनमा दिनुको विकल्प नभएको बताएका छन् । 

शाक्यले प्रधानन्यायाधीशसँग बेन्च सेयर गर्ने न्यायाधीशलाई पनि बहिष्कार गर्ने चेतावनी दिएका छन् । 
 



Author

थप समाचार
x