प्रधानन्यायाधीशसँग बेन्च सेयर गर्ने न्यायाधीशलाई बहिष्कार गर्ने बार अध्यक्ष शाक्यको चेतावनी
काठमाडौँ - सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बेन्च सेयर गर्ने न्यायाधीशहरुलाई पनि बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै जबराले यस्तो चेतावनी दिएका हुन् ।
सर्वसाधारणलाई असहज परिस्थिति भएको भन्दै सर्वोच्चका पाँच न्यायाधीश तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोज शर्मा र बमकुमार श्रेष्ठले मंगलबारदेखि इजलासमा फर्केर मुद्दा हेर्न सुरू गरेका थिए ।
उनीहरुले नेपाल बार र सर्वोच्च बारसँग बुधबार भएको छलफलमा आफूहरु आन्दोलनमा सँगै भएको बताए पनि शाक्यको यस्तो भनाइ आएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया