अदालत

बारमै पसेर वकिललाई धम्की

इकागज |
मंसिर २, २०७८ बिहीबार १३:५१ बजे

काठमाडौँ - नेपाल बार एसोसिएसनमा प्रवेश गरेर केही युवाहरूले कानुन व्यवसायीलाई तथानाम भनेका छन् । बार परिसरभित्र प्रवेश गरेका आधा दर्जन युवाले वकिललाई धम्क्याएका थिए ।

उनीहरूले कालो कोट च्यातिदिन्छौँ भन्दै धम्की दिएपछि परिसरमा तनाव उत्‍पन्‍न भएको थियो । वकिलहरू पनि प्रतिकारमा उत्रिएपछि उनीहरू त्यहाँबाट हिँडेका छन् । अहिले बारमा सुरक्षा व्यवस्था कडा गरिएकाे छ । परिचयपत्र नभइ बार प्रवेश गर्न  निषेध गरिएकाे छ ।



Author

थप समाचार
x