अदालत

सर्वोच्च परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी

इकागज |
मंसिर ३, २०७८ शुक्रबार ११:४ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुनव्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ। बिहीबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले रोक्दा घम्साघम्सी भएको हो ।

प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानून व्यवसायीलाई प्रहरीले रोकेको छ । कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिको छ ।


काठमाडौँ उपत्यकाका सबै अदालतस्थित बार एकाइका कानून व्यवसायीहरू आ-आफ्ना ब्यानर लिएर शुक्रबार बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भइसकेका छन् ।

हिजोसम्‍म प्रधानन्यायाधीशको मात्रै राजीनामा मागेका कानून व्यवसायीले आजबाट सर्वोच्‍चको रजिष्टारको पनि राजीनामा माग गरेका छन् । उनीहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका छन् ।


Author

थप समाचार
x