प्रधानन्यायाधीशले राजीनामा नदिए आमरण अनसन बस्छौंः अधिवक्ता राजेश्वर अधिकारी
काठमाडौँ - अधिवक्ता राजेश्वर अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
आज (शुक्रबार) भएको बार इसोसिएसन र कानुन व्यवसायीहरुको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अधिकारीले यस्ताे चेतावनी दिएका हुन् । उनले आन्दोलनबाट आफूहरु पछि नहट्ने तर जबरालाई प्रधानन्यायाधीशबाट हटाएरै छाड्ने बताए ।
मेरो बुबा हजुरबुबा को हो भन्दा फलानो भनेर सन्ततिले शिर निहुर्याउन नपरोस् भनेर पनि राजीनामा दिनुपर्ने उनले बताए । उनले भने, 'छोरा नातिलाई आफ्नो इज्जत राख्न पनि जबराले राजीनमा दिनैपर्छ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया