सर्वोच्च बार र नेपाल बारको सल्लाहकार समिति बैठक बस्दै, आन्दोलनबारे थप रणनीति बनाउने
काठमाडौँ - सर्वोच्च बार सल्लाहकार समिति र नेपाल बार सल्लाहाकार समितिको बैठक आज (शुक्रबार) १ बजे बस्दैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुको आन्दोलन अब के कसरी जाने भन्ने विषयमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो । बैठकले आन्दोलनको थप रणनीति तय गर्ने बताइएको छ ।
सत्तामा भागबन्डा मागेको आरोपमा बार एसोसिएसन र न्यायाधीशहरु प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया