अदालत

प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती

सर्वोच्च अदालतको नियमावली राजपत्रमा प्रकाशित

इकागज |
मंसिर ६, २०७८ सोमबार १६:१२ बजे

फाइल फोटो

काठमाडाैँ - प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती गर्दै सर्वोच्च अदालतको संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । सोमबार दिउँसो सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएको हो । अब प्रधानन्यायाधीशको पेशी तोक्ने उक्त अधिकार पेशी व्यवस्थापन निर्देशन समितिले गर्नेछ । 

‘मुख्य रजिष्ट्रारले पेशी व्यवस्थापन निर्देशन समितिको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही साप्ताहिक तथा दैनिक पेशी सूची तयार गर्दा गोपनियता कायम गर्नुपर्नेछ', संशोधित नियमावलीमा लेखिएको  छ । 


केही दिनअघि बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली संशोधन गरेर पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरेको थियो । साथै बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको थियो । फूलकोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा अनुपस्थित थिए । तर गोलाप्रथामा जाने फूलकोर्ट बैठकको निर्णयमा उनले पछि हस्ताक्षर गरेका थिए ।

अब राजपत्रमा नियमावली प्रकाशित भएपछि सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोकिनेछ । तर ‘फूलकोर्ट’ बैठक बसेर मात्रै लागू गर्ने तयारी छ ।

 

राजपत्रमा प्रकाशित सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली २०७८

 


Author

थप समाचार
x