जनकपुर उच्च अदालत अगाडि बारको धर्ना
जनकपुर - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन अन्तर्गत कानून व्यवसायीहरुले जनकपुरधाममा पनि प्रदर्शन गरेका छन् । प्रधानन्यायधिश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले उच्च अदालत जनकपुरको मुल ढोकामा तेश्रो दिन पनि धर्नासहित विरोधसभा गरेका छन् ।
नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष किशोरी साहको अगुवाईमा धर्ना सहित विरोधसभा गरिदै आएको छ । बुधबार आन्दोलनमा सहभागी हुन आएका नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको कारण जनताको आस्था रहेको स्वतन्त्र न्यायपालिका धुमिल हुँदै गएकोले तत्काल राजिनामा दिनुपर्ने माग गरे । पौडेलले न्यायधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने र एक सुत्रीय माग पूरा नहुञ्जेलसम्म बार आन्दोलन जारी रहने बताए ।
धर्नामा सहभागी वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानन्यायधीशले आफ्नो स्वार्थपूर्तिका लागि स्वतन्त्र निकाय न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकासंग सम्झौता गरेर जनतामा विश्वास गुमाएको आरोप लगाए । मुलढोका नै अवरुद्ध गर्ने बारको आन्दोलनले सेवाग्राहीलाई मर्का परेको छ भने अदालतको कामकाज समेत प्रभावित हुँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया