अदालत

सर्वोच्च अदालतमा तीन घण्टापछि पेसी तोकियो

इकागज |
मंसिर १६, २०७८ बिहीबार १४:३६ बजे

फाइल फोटो

काठमाडौँ - सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी नतोकिएका कारण पेशी तोक्न ढिलाई भएको हो ।
    
प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख गर्दै न्यायाधीश छलफलमा बस्दा पेसी तोक्न दिला भएको हो । सधैँ बिहान १०ः१५ बजेतिर पेसी तोकिन्थ्यो । बिहीबार दिउँसो भने १ः३० मा मात्र पेसी तोकिएको छ । गोलाप्रथाबाट बुधबारदेखि मुद्दामा पेसी तोक्न सुरु गरिएको हो । बिहीबार पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको छ ।

गोलाप्रथाबाट आज १० इजलास गठन भएका छन् । तीमध्ये दुई पूर्ण इजलास, सात संयुक्त र एउटा एकल इजलास छ । ती इजलासमा जम्मा १९२ मुद्दा सुनुवाइका लागि राखिएका छन् । कोभिड संक्रमित प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेशनमा छन् र 



Author

थप समाचार
x