अदालत

प्रधानन्यायाधीशको राजीनमाकाे माग गर्दै शान्ति समाजको प्रदर्शन

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १३:४ बजे

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा र बर्हिगमनको माग गर्दै प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाण्डौँले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै काठमाडौँमा धर्ना तथा प्रदर्शन गरेको हो । ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा आयोजित कार्यक्रममा समाजले अनैतिक प्रधनन्यायाधीश पदमा रहिरहनु आपतिजनक भएकाले महाअभियोग लगाउन सबै दलहरूलाई आग्रह गरेको छ । धर्नामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कुकर्मले लोकतन्त्रको उपहास गरेको र यस्तो संवेदनशील विषयमा दलहरु मौन रहनु दलहरुको कमजोरी भएको बताए । 

कार्यक्रममा शान्ति समाजका सल्लाहकार एवं पूर्व सभापति अधिवक्ता होमकान्त चौलागाईले मानव अधिकारको संरक्षणका लागि अन्तिम निकायको रुपमा रहेको सम्मानित सर्वोच्च अदालतको नेतृत्वमा हाल विचलन आएकोले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र बहिर्गमन आवश्यक भएको बताउँदै यसलाई न्यायालय शुद्धीकरणको प्रारम्भका रुपमा लिनुपर्ने बताए । 


धर्ना प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु किरण ढकाल, उमा गौतम, काठमाण्डौ शाखा का।वा। सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु बटुकृष्ण ढुंगेल, ईश्वर पुडासैनी, प्रमोद फुयाल लगायतको सहभागिता थियो ।
 


Author

थप समाचार
x