अदालत

सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन

इकागज |
मंसिर २९, २०७८ बुधबार १३:६ बजे

काठमाडौँ- नेपाल बार एसोसिएसनले बुधबार पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बुधबार कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।


 न्यायलयको शुद्धीकरणका लागि प्रधानन्यायधीश राणाको राजीनामा आउनुपर्ने भन्दै नेपाल बारको अगुवाईमा प्रत्येक दिन १० देखि १२ बजेसम्म सर्वोच्चको मुल गेटमा धर्ना दिदै आइरहेको छ । 

बारले यसअघि प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै विभिन्न दलका शीर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ । नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा धर्ना तथा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।


Author

थप समाचार
x