अदालत

उच्च र जिल्ला अदालतमा माघ २ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने फूलकोर्टको निर्णय

इकागज |
मंसिर २९, २०७८ बुधबार १८:१४ बजे

फाइल फोटो

काठमाडौँ : सर्वोच्च अदालतले माघ २ गतेदेखि लागू हुने गरी उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । सर्वोच्चमा बुधबार बसेको फूलकोर्ट बैठकले माघ २ गतेदेखि देशभरका उच्च र जिल्ला अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो । 

बुधबारको फूलकोर्ट बैठकमा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अनुपस्थित थिए । सर्वोच्चका सबै न्यायाधीशसहितको बैठकले देशभरका अदालतमा गोलाप्रथाबाट पेशी तोक्नका लागि जिल्ला अदालत नियमावली २०७५ संशोधन गर्ने निर्देशन समेत प्रशासनलाई दिइसकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।


नियमावली संशोधन गरेर माघ २ गतेदेखि देशभरका अदालतमा गोलाप्रथा लागू हुने पनि उनले बताए । 'यी सबै काम माघ–२ गतेभित्रै पूरा गरी गोला प्रथा प्रक्रियामा जाने निर्णय भएको छ’ दाहालले इकागजसँग भने ।


Author

थप समाचार
x