२५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भए उमाशंकर
फाेटाे : अनुज बज्राचार्य
काठमाडौँ : नागरिकताको दुरुपयोग भएर २८ करोड राजश्व ठगीको आरोपमा थुनामा परेका बाराका उमाशंकर रायभर सर्वोच्चका आदेशपछि रिहा भएका छन् । राजश्व छलीको आरोपमा पक्राउ परेका उमाशंकरसँग उच्च अदालत पाटनले ७५ लाख धरौटी माग गरेपछि उनले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
सर्वोच्चको शुक्रबारको आदेशले उमाशंकरसँग २५ हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको थियो । सोही आदेशअनुसार उमाशंकर आइतबार रिहा भएका हुन् । सर्वोच्चमा न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले २५ हजार धरौटी बुझाए थुनामुक्त गर्न आदेश दिएको हो।
शुक्रबार धरौटी बुझाउन नसक्दा उमाशंकर रिहा हुन सकेका थिएनन । आइतबार २५ हजार धरौटी बुझाएर उनी उच्च अदालतबाट रिहा भएका हुन् । सरोजकुमार मिश्र नामका व्यापारीले उमाशंकरको नागरिकताको फोटोकपी दुरुपयोग गर्दै कम्पनी खोलेर राजश्व ठगी गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया