अदालत

प्रधानन्यायाधीशलाई महाअभियोग दर्तापछि अब यस्ता छन् संसदीय प्रक्रिया

इकागज |
फागुन १, २०७८ आइतबार १३:८ बजे

काठमाडौँ - सत्तारुढ गठबन्धनमा आबद्ध प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले मिलेर आज प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका छन् । तीन दलका ९८ जना सांसदले महाभियोग दर्ता गरेका हुन् । महाभियोग दर्तासँगै प्रधानन्यायाधीस जबरा निलम्बनमा परेका छन् । नेपालको संविधान, २०७२ को धारा १०१ को उपधारा २ मा प्रधानन्यायाधीस विरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने व्यवस्था गरिएको छ । 

प्रतिनिधि सभा नियमावली २०७५ अनुसार अब संसद् सचिवालयका महासचिव वा निजको अनुपस्थितिमा सचिवले सभामुख समक्ष पेश गर्नेछन् । नियमावलीको दफा १६१(२) मा प्रस्ताव दर्ता भएको सता दिनपछिको कुनै बैठकमा छलफल हुनेगरी मिति र दिन तोक्ने व्यवस्था छ । 


यस्तो छ महाअभियोगको छिनोफानो गर्ने प्रक्रिया

 

 


Author

थप समाचार
x