न्याय सेवामा प्रवेशको ४१ वर्षपछि कामू प्रधान्यायाधीश
काठमाडौं - सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएसँगै बरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् ।
‘उहाँले आजैबाट कामु प्रधानन्यायाधीशको रुपमा काम शुरु गरिसक्नुभयो’ सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले इकागजसँग भने, ‘संविधानतः उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको हो ।’
प्रधानन्यायाधीश राणाविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता भएको जानकारी संसद् सचिवालयले पठाएको थियो । दाहालका अनुसार, ‘पत्र पाएसँगै राणा अदालतबाट बाहिरिनुभयो र त्यसपछि कामु प्रधानन्यायाधीश कार्कीले काम शुरु गर्नुभएको हो ।’
४१ वर्षअघि न्याय सेवामा प्रवेश गरेका कार्की लामो समय जिल्ला न्यायाधीश, पुनरावेदन न्यायाधीश, पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै छ वर्षअघि सर्वाेच्च अदालतको न्यायाधीश बनेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया