विशेष अदालतको अध्यक्षमा न्यायाधीश पौडेल
फाइल फोटो
काठमाडौँ : सरकारले विशेष अदालतको अध्यक्षमा न्यायाधीश श्रीकान्त पौडेललाई पदस्थापन गरेको छ । पाटन उच्च अदालतका न्यायाधीश पौडेललाई सोमबारको मन्त्रिपरिषद् बैठकले विशेष अदालको अध्यक्षमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
न्याय परिषद् बैठकले यसअघि नै सिफारिस गरेपनि मन्त्रिपरिषद् बैठकले सोमबार मात्रै पदस्थापन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार लगायत मुद्दामा अनुसन्धान गर्ने विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरणले दर्ता गरेका मुद्दा बढी हेर्ने गर्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया