राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अपराध गरे : भीमार्जुन आचार्य
काठमाडौं : संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि अपराध गरेको बताएका छन्।
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (आइतबार) देखि सुरु भएको निरन्तर सुनवाइमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने व्यवस्था उल्लेख नै छैन,’ उनले भने, ‘त्यसैमाथि बहुमतका प्रधानमन्त्रीले त संसद् विघटन गर्नै पाउँदैनन्। राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानमाथि अपराध गरिरहेका छन्।’ उनले प्रधानमन्त्री ओलीले हावादारी कुरा गर्दै आएको पनि बताए। ‘प्रधानमन्त्रीले संविधान विघटन गर्ने अधिकार छ भनेर हावादारी कुरा गर्दै आउनु भएको छ,’ उनले भने।
सुनुवाइमा सरकारी वकिलको तर्फबाट बद्री भट्टले बहसमा भाग लिइसकेका छन्। त्यस्तै रिट निवेदक मध्येका अधिवक्ता सन्तोष भण्डारीले पनि सुनुवाइमा भाग लिइसकेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेकाे हाे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया