अदालत

प्रतिनिधिसभा विघटनविरुध्द सुनुवाइ सुरु, १८८ अधिवक्ताको वकालतनामा

इकागज |
माघ ५, २०७७ सोमबार १३:२९ बजे

काठमाडौं  : प्रतिनिधिसभा विघटनविरुध्दको मुद्दामा आजको सुनुवाइ सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सर्वाेच्चमा दायर भएको रिटमाथि संवैधानिक इजलासमा नियमित सुनुवाइ अन्तरगत आजको सुनुवाइ सुरु भएको हो । 

सर्वाेच्चमा आइतबारदेखि निरन्तर सुनुवाइ जारी छ।  आइतबार संविधानविद् भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । आज पनि रिट निवदेकका तर्फबाट अधिवक्ताहरूले बहस गर्नेछन्। अहिले अधिवक्ता दिनमणि पोखरेलले बहस गरिरहेका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुध्द १३ रिट विचाराधिन छन् ।  


सर्वाेच्च अदालतका अनुसार प्रतिनिधिसभा विघटनविरुध्द रिट निवेदकहरूको तर्फबाट बहसका लागि १८८ अधिवक्ताले वकालतनामा भरेका छन् । 


Author

थप समाचार
x