प्रतिनिधि सभा विघटनविरुध्दका रिट आज पनि हेर्दाहेर्दैमा
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुध्दको मुध्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । आइतबारदेखि संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ मंगलबारका लागि हेर्दाहेर्दमा राखिएको हो । सोमबार भएको सुनुवाइमा दुई अधिवक्ताले मात्र बहस गर्न भ्याए । अभिवक्ताहरू दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरे । बहस सकिएपछि प्रधानन्यायाधीश राणाले मुद्दा हेर्दाहेर्दैमा राखिएको र मंगलबार पनि सुनुवाइ हुने जानकारी दिए ।
शुक्रबार प्रधानन्यायाधीश राणाको संवैधानिक इजलासले रिट निवेदकको माग अनुसार यो मुद्दा वृह्त पूर्ण इजलासमा लैजान अस्वीकार गरेका थिए । संवैधानिक इजलासमै सुनुवाई हुने भएपछि निरन्तर सुनुवाइ गर्न लागिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया