अदालत

बजारका कुरा छाड्नुस् विषय बस्तुमा प्रवेश गर्नुस् : प्रधानन्यायाधीश

इकागज |
माघ ११, २०७७ आइतबार १२:२१ बजे

काठमाडौं  : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । बहस सुरु भएसँगै प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीबीच सवाल जवाफ नै चल्यो । 

अधिवक्ता त्रिपाठीले भने, ‘प्रधानमन्त्रीले जे जस्ता कुरा गर्नुभएको छ, त्यसले अदालतको अवहेलना गरेको छ ।’ त्रिपाठीले यति भन्नासाथ प्रधानन्यायाधीश जबराले बजारको कुरा सुन्ने भन्दै प्रश्न गरे । प्रधानन्यायधीश जबराले भने, ‘हामीले बजारको कुरा सुन्ने ? पूर्वहरुको कुरा पनि छ, बहालवालाको कुरा पनि छ। यी कुरा छाड्नुस विषय वस्तुतिर प्रवेश गर्नुस्।



Author

थप समाचार
x