प्रधानमन्त्रीले अदालतको अवहेलना गरे : अधिवक्ता त्रिपाठी
काठमाडौं : प्रतिनिधि सभा विघटनबारे संवैधानिक इजलासमा प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालतको अवहेलना गरेको प्रश्न उठेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरिरहेको भन्दै इजलासको ध्यानाकर्षण गराएका हुन् ।
उनले संसद्ले जेजे गरे पनि प्रधानमन्त्री दिन सकेन भने मात्र प्रतिनिधि सभा विघटन हुने भन्दै केपी ओलीलाई संसद् विघटन गर्ने विशेषाधिकार नभएको बताएका हुन् । त्यस्तै रिट निवेदक दिपक राईले प्रधानमन्त्री जनताको संसद्प्रति उत्तरदायी नभएको भन्दै संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया