अदालत

प्रतिनिधि सभा विघटन

बिहीबारको सुनुवाइ सुरु

इकागज |
माघ १५, २०७७ बिहीबार ११:५८ बजे

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सुरु भएको हो । 

प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका छन् । यो मुद्दामा बहस गर्नका लागि साढे तीन सय बढीले नाम टिपाएका छन् । 


आजदेखि संवैधानिक इजलासमा बहस गर्ने अधिवक्ताहरुले १५ मिनेट समय पाउनेछन् । बुधबारको बहसको अन्तिममा प्रधानन्यायाधीशले भाेलिदेखि बहसका लागि १०/१५ मिनेट भन्दा बढी समय नदिने बताएका थिए । ‘समयको कुरा तपाईंहरु आफैले बुझ्नुपर्ने कुरा हो ।  भोलिबाट १०/१५ मिनेट भन्दा बढी दिन्‍नौँ। विध्वान, वरिष्ठ सबै मित्रहरूलाई,’ प्रधानन्यायाधीशले भनेका थिए ।


Author

थप समाचार
x