अदालत

आजको सुनुवाइ हेर्दाहेर्दैमा, भोलिदेखि सरकारी वकिलले बहस गर्ने

इकागज |
माघ १८, २०७७ आइतबार १५:७ बजे

काठमाडौँ  : प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका रिटमा जारी बहस आइतबारका लागि सकिएको छ । भोलीबाट सरकारी वकिलले बसह गर्नेछन् ।  रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३  दिन (शनिबार बाहेक) दिनसम्म बहस गरे । सोमबारबाट प्रधानमन्त्रीको तर्फबाट माहान्यायधिवक्ता, सरकारी वकिल, कानुन ब्यवसायीले बहस गर्नेछन्। 

यो अवधीमा रिट निवेदकको तर्फबाट ६७ भन्दा बढि  व्यक्तिले बहस गरे । रिट निवेदकको तर्फबाट अन्तिममा १३ नम्बर रिट निवेदक तुलसी सिम्खडाले बहस गरे । आइतबार मात्रै रिट निवेदकको तर्फबाट १० जना कानुन ब्यवसायी र निवेदकले बहस गरे । गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिएन् । पुस ६ गते यसको विरुद्धमा सर्वाेच्चमा रिट निवेदनहरु दर्ता भएका थिए ।  



Author

थप समाचार
x