अदालत

महान्यायाधिवक्ता भन्छन् : उहाँहरु नाईँ मलाई त्यही केटी चाहिन्छ भनिरहनु भएको छ !

इकागज |
माघ २०, २०७७ मंगलबार १३:२९ बजे

तस्बिर महान्यायाधीवक्ताकाे कार्यालयकाे वेभसाइटबाट

काठमाडौँ : महान्यायाधीवक्ता अग्‍नि खरेलले निर्वाचनमा जाने अधिकार प्रधानमन्त्रीको हातमा रहेको जिकिर गरेका छन् ।  प्रतिनिधि सभा विघटनविरुद्ध रिटमाथि संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट बहस गर्दै खरेलले यस्तो जिकिर गरेका हुन् ।  

‘निर्वाचनमा जाने अधिकार प्रधानमन्त्री हातमा छ। संविधानको आधारभूत संरचना नै यही हो। अस्ति इजलासको एकजना साथीको गित सुनियो ।  न बिर्सेँ तिमिलाई न पाएँ तिमिलाइ भन्‍ने तर, त्यो भन्दा राम्रो अर्को गित छ । नाईँ मलाई त्यही केटि चाहिन्छ भन्‍ने,’ उनले भने, ‘उहाँहरुले भनिरहनु भएको छ म जनतामा जन सक्दिन नाईँ आमा मलाई त्यही केटी चाहिन्छ ।’  


रिट निवेदकको तर्फबाट बहस गर्न आएका अधिवक्ता गोपालकृष्ण घिमिरेले सांसदहरुको अवस्थालाई अन्जु पन्तको नपाएँ तिमिलाई न बिर्सेँ तिमिलाई भन्‍ने गित भनेर प्रष्ट्याएका थिए । 


Author

थप समाचार
x