अदालत

‘संसदीय अभ्यासबाटै प्रतिनिधि सभा विघटन भएको हो’

इकागज |
माघ २१, २०७७ बुधबार १४:१ बजे

फाइल तस्बिर

काठमाडौँ  :  वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्‍ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधि सभा विघटन भएको तर्क गरेका छन् । प्रतिनिधि सभा विघटनविरूध्द परेको रिट निवेदनमाथिको १६ औँ दिनको  सुनुवाइमा प्रधानमन्त्रीका तर्फबाट आज पनि बहस गर्दै उनले संविधानको धारा ७४ को संसदीय अभ्यास अनुसार विघटन भएको जिकिर गरे ।

उनले नेपालको संविधानको धारा ७४ ले विघटन अधिकार दिएको र त्यसका लागि धारा ८५ पर्याप्त तर्क गरे । विसं २०५१ मा गिरिजाप्रसाद कोइराला, २०५२ मा मनमोहन अधिकारीले गरे जस्तै अहिले २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन संसदीय अभ्यास अनुसार नै भएको उनको जिकिर छ । 


नेपालको संसदीय व्यवस्था ‘सुधारिएको’ र ‘हाइब्रिड’  दुबै भएको उनले इजलासमा जवाफ दिँदै भने । आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षबाट बहस सुरू भएसँगै महान्यायाधिवक्ता खरेलपछि वरिष्ठ अधिवक्ता पन्तको बहस गरेका हुन् । मङ्गलबार बहस  नसकिएपछि आज पनि पन्तले बहस गरेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।  


Author

थप समाचार
x