अदालत

ललिता निवास प्रकरण

विशेषले माग्यो भाटभटेनीका सञ्‍चालक गुरुङसँग दुई करोड धरौटी

इकागज |
माघ २१, २०७७ बुधबार १९:२७ बजे

काठमाडौँ : विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्‍चालक मीनबहादुर गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश अजिज मुसलमानको स‌युक्त इजलासले गुरुङसँग दुई करोड रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । 


आदेशपछि गुरुङ बैंक ग्यारेन्टी जुटाउने प्रयासमा लागेका उनी निकट स्रोतले बतायो । ग्यारेन्टी बुझाएमा उनी आजै घर जान पाउँनेछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसंग ५० करोड ४७ लाख रुपैयाँ बिगो माग गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो ।

गुरुङ बुधबार बिहान अदालतमा हाजिर हुन आएको र न्यायाधीशद्वय कार्की र मुसलमानको इजलासले धरौटी लिएर छोड्न आदेश दिएको प्रवक्ता पाण्डेले जानकारी दिए । 


Author

थप समाचार
x