अदालत

शपथ ग्रहण रोक्न माग गर्दै दायर रिटमा सर्वाेच्चको कारण देखाउ आदेश

इकागज |
माघ २३, २०७७ शुक्रबार १६:४५ बजे

फाइल तस्बिर

काठमाडौँ  :  संवैधानिक अंगका पदाधिकारीको नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै दायर भएको रिटमाथि सर्वाेच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।  वरिष्ठ अधिवक्ता निदेश त्रिपाठीले दायर गरेको उक्त रिटमाथि सर्वाेच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।   

अधिवक्ता त्रिपाठीले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । तर, गत बुधबार पदाधिकारीहरुले नियुक्ति तथा शपथ ग्रहण गरेर जिम्मेवारी सम्हालीसकेका छन् ।   



Author

थप समाचार
x