अदालत

रामकुमारीलाई अदालतमा उपस्थित गराउन माग गर्दै सर्वाेच्चमा रिट

इकागज |
माघ २९, २०७७ बिहीबार १६:५५ बजे

काठमाडौँ  :  नेकपा-दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सर्वाेच्च अदालतमा उपस्थित गराउन माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । अभिव्यक्ति स्वतन्त्रता विपरित प्रहरीले पक्राउ गरेको भन्दै अधिवक्ता गुणराज आचार्यले रिट दायर गरेको सर्वाेच्च अदालतका प्रेस विज्ञ किशाेर पौडेलले जानकारी दिए । आज बिहीबार नै झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  


 


Author

थप समाचार
x