लिखित जवाफ लिएर चारजना पूर्वप्रधान न्यायाधीशहरू सर्वोच्च पुगे
काठमाडौं : लिखित जवाफ लिएर चारजना पूर्वप्रधान न्यायाधीशहरू सर्वोच्च अदालत पुगेका छन् । अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन पूर्वप्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमबार मध्यान्ह सर्वोच्च अदालत पुगेका हुन् ।
अदालतमा विचाराधीन विषयमा चारजना पूर्वप्रधान न्यायाधीशहरूले विज्ञप्ति जारी गरेर प्रभावित गर्न खोजेको भन्दै उनीहरूविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । सर्वोच्चले उनीहरूलाई लिखित जवाफ लिएर आफैँ अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया