अदालत

‘गिरिजाप्रसाद र देउवाले जस्तै ओलीले पनि अधिकार दुरुपयोग गरे’

इकागज |
फागुन ६, २०७७ बिहीबार १६:४५ बजे

फाइल तस्बिर

काठमाडौँ :  प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि एमीकस क्यूरीका पूर्णमान शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेको बताएका छन् । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा एमीकस क्यूरी शाक्यले पार्टीको विवाद मिलाउन नसकेर ओलीले प्रधानमन्त्रीमा भएको अधिकार दुरुपयोग गरेको तर्क पेश गरेका हुन् ।

‘पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रधानमन्त्रीमा भएको अधिकार दुरुपयोग गरे । संविधानको धाराा ७६ (१) अनुरुप नियुक्त भएको प्रधानमन्त्रीले ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गर्न सक्दैनन्,’ कस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने भन्ने उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीले सबैभन्दा पहिले पदबाट राजीनामा दिनुपर्थ्याे। त्यसपछि  ७६(२,३ र ५) अनुरुपका अवस्था अप्लाई भएनन् भने मात्रै कामचलाउ प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभा विघटन गर्न सक्छन् ।’  


पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले जस्तै ओलीले पनि अधिकारको दुरुपयोग गरेको उनको तर्क छ । ‘पार्टीको विवाद संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउन भन्नुपर्थ्याे, विधानले व्यवस्था यो । यो पारित भए छोड्नु पर्थ्याे नभएको भए आफैँ बलियो भइहाल्थे,’ उनले भने, ‘यो प्रधानमन्त्रीले अधिकार दुरुपयोग गरेका हुन् । यस्तै दुरुपयोग गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्मले पनि गरेका थिए ।’  

संविधानको धारा टेकेर विघटन गरेको  भन्‍ने प्रधानमन्त्रीले संवैधानिक निर्णय भन्‍न नपाउने उनको तर्क छ । उनले संविधानको धारा उल्लेख गरेर प्रतिनिधि सभा विघटन गरेपछि स्वत: संवैधानिक मुद्दा हुने तर्क गरे ।  


Author

थप समाचार
x