अदालत

पशुपतिमा जलहरी रोक्न सर्वोच्‍चको अन्तरिम आदेश

इकागज |
फागुन १२, २०७७ बुधबार १६:१९ बजे

फाइल तस्बिर

काठमाडौँ : सर्वाेच्च अदालतले पशुपति मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । 
पशुपतिमा सुनको जलहरी राख्‍ने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुंगानाले दायर गरेको रिटमाथि अन्तरिम आदेश दिएको हो ।   

सर्वाेच्चले स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्था अनुसार छलफलको टुंगो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु नगराउनु भनेको छ । 



Author

थप समाचार
x