अदालत

आदर्श वन उपभोक्ता समूहका तत्कालीन दुई सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
चैत ६, २०७८ आइतबार १७:४२ बजे

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी बराह क्षेत्रस्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन दुई सचिवविरुद्ध मुद्दा दर्ता गरेको छ । 

समूहका तत्कालीन सचिव दीपक थापा मगर र जनक थापविरुद्ध आइतबार आयाेगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे ।  थापा मगरले आफ्नो कार्यकालमा उपभोक्ताहरूबाट रसिद काटेर बुझेको २ लाख ९३ हजार ३७२ रुपैयाँ कोषमा दाखिला नगरेको अनुसन्धानबाट खुलेकाे अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डरीले बताए ।  


उनका अनसार थापाले पनि आफ्नो कार्यकालमा उपभोक्ताहरूबाट रसिद काटेर बुझी लिएको ७० हजार ८५ रुपैयाँ कोषमा दाखिला नगरेको अनुसन्धानबाट खुलेकाे छ।

उनीहरूले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकममा अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ । 


Author

थप समाचार
x