अदालत

सर्वोच्च अदालतका न्यायाधीशमा श्रेष्ठ अनुमोदित हुँदै

इकागज |
चैत १५, २०७८ मंगलबार ७:४६ बजे

काठमाडौँ- संघीय संसद्को‍ संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तीलप्रसाद श्रेष्ठको नाम आज अनुमोदन गर्दैछ ।

समितिले आह्वान गरेको समयसीमाभित्र कुनै पनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनवाइ समितिको आजको बैठकले अनुमोदन गर्न लागेको हो ।


समितिको बैठकमा आमन्त्रण गरेर स्वतः अनुमोदन भएको निर्णय सभापति लक्ष्मणलाल कर्णले सुनाउने कार्यक्रम तय भएको छ । संसदीय सुनवाइको प्रचलन आएपछि कुनै पनि उजुरी नपरेका श्रेष्ठ सर्वोच्च अदालतका लागि एक्ला न्यायाधीश हुन् ।


Author

थप समाचार
x