अदालत

सर्वाेच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

इकागज |
चैत १५, २०७८ मंगलबार १८:४८ बजे

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वाेच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेकी छन् ।

श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश थिए ।


नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x