अदालत

माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दाको सुनुवाइ आउँदो २७ गते

इकागज |
चैत २०, २०७८ आइतबार १७:४३ बजे

काठमाडौं– एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदको मुद्दा अर्काे सुनुवाइका लागि आउँदो २७ गतेलाई तोकिएको छ। सो मुद्धा आज हेर्न नमिल्नेमा परेको थियो । 

ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।


रिटमार्फत ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका छन् ।


Author

थप समाचार
x