अदालत

एआईजी बढुवा सिफारिसविरुद्ध रिटको पेसी एकल इजलासमा

इकागज |
चैत २२, २०७८ मंगलबार १२:० बजे

काठमाडौँ- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीले दायर गरेको रिटको आज पनि पेसी तोकिएको छ । 

न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो । यही १७ चैतमा कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । उनले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।


मन्त्रिपरिषद् बैठकले सोही दिन डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे संयोजक रहेको बढुवा समितिले १ चैतमा बढुवा सिफारिस गरेको थियो । तर, उनीहरूभन्दा वरीयतामा डीआईजी कार्कीसँगै अन्य डीआईजीहरू घनश्याम अर्याल र प्रकाश कार्की अघि थिए । 

पाण्डे नेतृत्वको समितिले वरीयता मिचेर बढुवा सिफारिस गरेको भन्दै डीआईजी कार्कीलगायत सर्वोच्च पुगेका हुन् । 
 


Author

थप समाचार
x