अदालत

रिटसहित सर्वोच्‍च पुगे एआइजी पोखरेल

इकागज |
बैशाख १९, २०७९ सोमबार १२:८ बजे

काठमाडौँ- नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सर्वोच्‍च अदालत पुगेका छन् । आइतबार प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई सरकारले नियुक्त गरेपछि रिट दायर गर्न पोखरेल अदालत पुगेका हुन् । उनको वारिस सुनिता राउतले रिट दर्ता गराउन गएकी हुन् ।

सरकारले अनुचित तवरमा सिनियरलाई पन्छाउँदै जुनियरलाई नियुक्तिको जिकीर रिटमा उल्लेख गरेका छन् । 'आम नागरिकको जीनरक्षामाथि जोडिएको संस्थामाथिको प्रहारले सुरक्षा निकायमा आवद्धहरूको मनोबल गिरेको छ' रिटमा उल्लेख गरिएको छ 'यसले प्रहरीको वृत्ति विकासमा पनि असर पारेको छ ।'


यसैबीच नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) सहकुल थापा पनि सर्वोच्‍च अदालत जाने तयारी गरेका छन् ।


Author

थप समाचार
x