अदालत

आईजीपी नियुक्तिविरुद्ध दायर रिटमा बुधबार सुनुवाइ हुने

इकागज |
बैशाख १९, २०७९ सोमबार १६:३८ बजे

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेको भन्दै भन्दै रिट दायर गरेका हुन् । उनले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्नु कानुन विपरीत रहेको दायर रहेकाे रिटमा उल्लेख छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले पोखरेलले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ हुने जानकारी दिए ।


आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । तर, गृह मन्त्रालयको बढुवा सिफारिस समितिले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई सिफारिस गरेको थियो । तर, तेस्रो नम्बरमा रहेका सिंहलाई सरकारले आईजीपीमा बढुवा गरेको थियो । 

यस विषयमा गृह मन्त्रालयले भने स्पष्टीकरण दिइसकेको छ । आईजीपी नियुक्तिमा उमेर मात्र आधार नहुने गृह सचिव टेकनारायण पाण्डेले प्रष्ट पारे । नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै गृह सचिव पाण्डेले नियुक्तिमा ज्येष्ठतालाई मात्र आधार नमानिने उनले बताए । 
 


Author

थप समाचार
x