अदालत

लिखु गागाउँपालिका अध्यक्षका उम्मेदवारविरुद्ध पक्राउ पुर्जी

इकागज |
बैशाख २०, २०७९ मंगलबार २०:५५ बजे

ओखलढुंगा – नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

गाउँपालिका अध्यक्ष उम्मेदवार मनिष भनिने मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको हाे । 


भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी गरेकाे हाे ।

पक्राउ पुर्जी जारी गर्दै अदालतले विष्टलाई खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पत्र पठाएकाे हाे । 

उनीविरुद्ध बैंकिङ कसुर तथा किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको हो । वैशाख १६ गते अदालतले ओखलढुंगा प्रहरीलाई पक्राउ पुर्जी पठाएको हो ।


Author

थप समाचार
x