अदालत

विश्वराज पोखरेलको मुद्दा हेर्दाहेर्दैमा

इकागज |
बैशाख २१, २०७९ बुधबार १७:३१ बजे

काठमाडौँ– नेपाल प्रहरीको महानिरीक्षकमा वरियता मिच्दै कनिष्ठलाई नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरिक्षक विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । 

पोखरेलले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनको मुद्दामाथि न्यायाधीश सुष्मालता माथेमाको बेञ्चले सुनुवाई गरेको हो । मुद्दा हेर्दाहेर्दैमा राखिएकाले सुनुवाईले निरन्तरता पाउनेछ । 


आजको बहसमा महान्याधिवक्ता खम्मबहादुर खातीले निर्वाचनको मुखमा अन्तरिम आदेश दिएर प्रहरी संगठनलाई अस्तव्यस्त राख्न नहुने भनेका थिए । 


Author

थप समाचार
x